बीमा न्युज,
काठमाडौं । बीमा कम्पनीहरूले कृषि बीमासम्बन्धी तथ्यांकहरू अब सफ्टवेयरमा राख्ने भएका छन् । कम्पनीहरूलाई अर्थ मन्त्रालयले कृषि बीमासम्बन्धी सम्पूर्ण जानकारी नदिए सम्म अनुदान रकम नदिने भएपछि कम्पनीहरूले तथ्यांकहरू सफ्टवेयरमा राख्न सुरु गरेका हुन् ।
पशु विकास मन्त्रालय र अर्थ मन्त्रालयको आर्थिक सहयोगमा हिमालयन आईटी कम्पनीले तीन लाख रुपैयाँको लागतमा बीमा समितिले पशु तथा बाली बीमासम्बन्धी सफ्टवेयर निर्माण गरेको हो । कम्पनीहरूले कृषि बीमाको तथ्यांक सफ्टवेयरमा राखेपछि समिति तथा मन्त्रालयले सफ्टवेयरको माध्यमबाट नै जानकारी लिन सक्नेछन् ।
कृषि बीमाप्रति कृषकहरूलाई थप प्रेरित गर्नका लागि सरकारले अनुदानको समेत व्यवस्था गरेको छ । सुरुमा ५० प्रतिशत अनुदान दिँदै आएको सरकारले ०७१/७२ देखि भने ७५ प्रतिशत अनुदान वितरण गरेका थियो । गत आर्थिक वर्ष ०७३/७४ मा निर्जीवन बीमा कम्पनीहरूले ९ अर्ब २० करोड रुपैयाँ बराबरको कृषि बीमा व्यवसाय गरेका छन् ।