बीमा न्युज,
काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सले मृत्यु दाबी बापतको भुक्तानी गरेको छ । बैदेशिक रोजगारको लागि जीवन बीमा गर्ने बीमित मित्र बहादुर अधिकारीको परिवारलाई १३ लाख रुपैयाँ मृत्युदावी वापतको भुक्तानी गरेको हो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमारलाल कर्णले मृत्युदावी वापतको रकम मृृतक बीमितको पत्नी निर्मला खत्री अधिकारीलाई प्रदान गर्नुभएको हो । मृत्युदाबी वापतको रकम हस्तान्तरण गर्दै प्रमुख कार्यकारी अधिकृत कर्णले दावी भुक्तानी सहज रुपमा उपलब्ध गराउन कम्पनीले विशेष ध्यान दिएको बताउनुभयो ।
बीमित अधिकारीको कार्तिक १२ गते धादिङ, त्रिपुरासुन्दर गाउँपालिकाको दाउन्ने डाँडामा मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएको थियो । उहाँ बैदेशिक रोजगारीको लागि युएई जाने तयारीमा हुनुहुन्थ्यो ।