बीमा न्युज,
काठमाडौ । प्रभु लाइफ इन्स्योरेन्सको विरगञ्जमा शाखा विस्तार भएको छ । कम्पनीले बीमा समितिबाट स्वीकृति पाउने बित्तिकै विरगञ्जमा शाखा खोलेको हो ।
कम्पनीका संचालक सुभाष अमात्यले शाखा उद्घाटन गर्नुभएको हो । कम्पनीले देशभर १३ स्थानमा शाखा बिस्तार गर्ने तयारी गरेको छ । कम्पनीले शाखा विस्तारको बीमा समितिबाट स्वीकृति पनि पाइसकेको छ ।
बीमा क्षेत्रको बजारलाई परिपक्व र गतिशिल बनाउने, तिन वर्ष भित्रै कम्पनीले देशका सबै जिल्लामा आफ्नो शाखा सञ्जाल बनाउने, जीवन बीमालाई देश ब्यापी रुपमा महत्वपुर्ण स्थान बनाउने र बीमा क्षेत्रमा केही नयाँ खाले सोचका साथ अघि बढ्ने कम्पनीको लक्ष्य रहेको छ ।
कम्पनीको दुई अर्व चुक्ता पुँजी रहेको संस्थापक शेयरधनीले एक अर्व ४० करोड लगानी गरेका छन । कम्पनीले केहि समय भित्रै ४० करोड बराबरको साधारण शेयर समेत पुर्याउने लक्ष्य राखेको छ ।