बीमा न्युज,
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले रोजगारको लागि खुला गरिएको छ । कम्पनीले कर्पोरेट कार्यलय तथा शाखा कार्यलयहरु विराटनगर र बिरगन्जको लागि सिनियर अफिसर, अस्टिेन्ट म्यानेजर, डिपुटी म्यानेजर, र्माकेटिङ म्यानेजर, अस्टिेन्ट, र्माकेटिङ अफिसर, अफिसरमा आवेदन खुलाएको हो ।
उक्त पदहरुमा आवेदन दिनका लागि मेहेनती, परिश्रमी र कम्तिमा ब्याचुलर डिग्री सकेको साथै काममा अनुभवी हुनुपर्ने कम्पनीले विज्ञापनमा उल्लेख गरेको छ । निश्चित पदहरुको लागि तलब र सेवा सुविधाहरु कम्पनीको नियम अनुसार प्रदान गरिनेछ ।
इच्छुक उम्मेदारहरुले निवेदन सहित, शैक्षिक योग्यताको प्रमाणपत्र, बायोडाटा, नागरिकताको फोटो कपि, कामको अनुभवको प्रमाणपत्र र हालसालै खिचिएको पासपोर्ट साइजको दुई फोटो सहित पन्ध्र दिन भित्र कम्पनीमा मेल गर्न सक्नेछन ।