बीमा न्युज,
पौष २३, काठमाडौ । पुस पहिनाको अन्तिम आइतबार नेपाल स्टक एक्चेन्जमा वृद्धि आएको छ । नेप्से सात दशमलव ९७ अंकले वद्धि हुँदा बीमा समूहमा एक सय ६५ दशमलव ८७ अंकले वृद्धि भएको हो ।
बीमा समूहमा एक सय ६५ दशमलव ८७ अंकले वृद्धि हुँदा परिसुचक सात हजार चार सय ७१ दशमलव ११ बिन्दुले बढेको छ । दुई दशमलव २७ अंकले परिवर्तन हुँदा बीमा समूहको ५१ लाख ९७ हजार २० रुपैंयाको कारोबार भएको छ ।
आइतबार कारोबार रकमको आधारमा दुई वटा बिमा समूह मात्र शिर्ष सुचिमा रहेका छन । जस मध्ये नेपाल लाइफको पाँच करोड २७ लाख ६४ हजार चार सय पाँच रुपैंयाको कारोबार भएर शिर्ष सुचिको पहिलो स्थानमा पर्न सफल भएको छ । त्यस्तै लाइफ इन्स्योरेन्सको ८१ लाख ४८ हजार पाँच सय ४९ रुपैंयको कारोबार भइ शिर्ष सुचिको आठौं स्थानमा रहेको छ ।
कारोबार संख्याको आधारमा नेपाल लाइफ इन्स्योरेन्स मात्र रहेको छ । जसको दुई सय ६३ पटक कारोबार भएको छ । साताको पहिलो दिन आइतबार कमाउनेमा नेपाल लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कम्पनी र सगरमाथा इन्स्योरेन्स रहेका छन । गुमाउनेमा कुनैपनि बीमा कम्पनी रहेका छैनन् ।
नेप्से सात दशमलव ९७ अंकले वृद्धि हुँदा परिसुचक १४ सय ३१ दशमलव ८० बिन्दुले बढेको छ । नेप्सेमा एक सय ५७ कम्पनीका सात लाख ५१ हजार ३९ कित्ता शेयरहरु तिन हजार नौ सय ८५ वटा कारोबारबाट ३६ करोड १६ लाख २५ हजार एक सय २९ रुपैंयामा किनबेच भएका छन ।