बीमा न्युज,
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले हिजो आइतबार देखि विराटनगरमा आफ्नो क्षेत्रिय शाखा कार्यालय खोलेको छ । विराटनगरका मानिसहरुलाई इन्स्योरेन्स सम्बन्धि सेवा सुविधा र इन्स्योरेन्सको योजनाहरु कार्यान्वयन गर्ने उद्देश्यले सिटिजन लाईफ इन्स्योरेन्सले विराटनगरमा आफ्नो क्षेत्रिय शाखा कार्यालय खोलेको हो ।
क्षेत्रिय शाखा कार्यालयको उद्घाटन सिटिजन लाइफ इन्स्योरेन्सका सिईओ पोसाक पौडेलले गर्नु भएको थियो ।
२०७४ साल कार्तिक २ गते लक्ष्मीपूजाको दिनदेखि व्यवसायिक कारोबार शुभारम्भ गरेको यस कम्पनीले देशभरी फैलिएका आफ्ना २५ वटा शाखा सञ्जाल मार्फत ग्राहकहरुलाई जीवनबीमा सेवा प्रदान गरिरहेको छ । कम्पनीले यस अघिनै ब्राण्ड एम्बेसडरको रुपमा ‘महजोडी’लाई अनुबन्धित गरिसकेको छ ।
कम्पनीको अधिकृत पुँजी तीन अर्ब रुपैयाँ र जारी पुँजी दूई अर्ब ५० करोड रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको चुक्ता पुँजी एक अर्ब ७५ करोड रुपैयाँ रहेको छ । यस कम्पनीले निकट भविष्यमा ७५ करोड रुपैयाँको सर्वसाधारणको लागी सेयर जारी गरी चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउने जनाएको छ ।