बीमा न्युज,
काठमाडौ । नेपाल विद्यार्थी संघले सबै नियमित विद्यार्थीका लागि निःशुल्क स्वास्थ्य बीमाको माग गरेका छन । नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरको नेतृत्वमा गएको एक टोलीले प्रधानमन्त्रि शेर बहारदुर देउवासंग सोमबार निःशुल्क स्वास्थ्य बीमाको माग गरेका हुन ।
संविद्यान २०७२ को भाग तिन धारा ३५ ले व्यवस्था गरेको मौलिक हक अन्तर्गतको यस्तै संविद्यानको भाग तिनको धारा ३३ अनुसार युवा व्यरोजगार भत्ता दिनुपर्ने, उच्च प्राविधिक शिक्षाको ग्यारेन्टी गर्न एक एक मेडिकल कलेज, इन्जिनियरिङ कलेज, कृषि क्याम्पसको व्यवस्था हुनुपर्ने मागहरु गरेका छन ।
त्यस्तै सबै क्याम्पसहरुमा ई लाइब्ररी हुनुपर्ने, लाभधाङ्कपत्र धितो राखेर सहुलियत ऋण लिन पाउनुपर्ने, प्रत्येक वडा वडामा दुई दुई वटा बाल विकास केन्द्र हुनुपर्ने, निर्वाचनका बेलामा अपाङ्ग भएकी नेपाल विद्यार्थी संघकी केन्द्रिय सदस्य मिरा कटरवालको उपचार तथा क्षतिपुर्ति तत्काल उपलब्ध गराउन समेत माग गरेका हुन ।
प्रधानमन्त्रि देउवाले शिक्षा र स्वास्थ्यका मागहरु एकदम जाहेज हो । र यस विषयमा सरकारसंग आफुले छलफल गर्ने प्रतिवद्धता गर्नुभएको नेपाल विद्यार्थी संघले जानएको छ ।
नेपाल विद्यार्थी संघले आफुले गरेका मागहरु सुनुवाई नभए हस्तारक्षर स्ांकलन, जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने, दवाव सहिर्को याली लगायतका विभिन्न कार्यक्रम गर्ने समेत नेपाल विद्यार्थी संघले जनाएको छ ।