बीमा न्युज,
पौष २५
काठमाडौ । साताको तेस्रो दिन नेपाल स्टक एक्चेन्जमा वृद्धि आएको छ । नेप्से १२ दशमलव २८ अंकले वृद्धि हुँदा बीमा समूहमा २९ दशमलव पाँच अंकले बढेकोे छ ।
बीमा समूहमा २८ दशमलव २९ अंकले वृद्धि हुँदा परिसुचक सात हजार छ सय २७ लशमलव ४५ अंकले बढेको छ । शून्य दशमलव ४५ अंकले परिवर्तन हुँदा बीमा समूहको १३ करोड ९२ लाख १० हजार रुपैंयाको कारोबार भएको छ ।
मंगलबार कारोबार रकमको आधारमा दुई वटा बीमा कम्पनीहरु रहेका छन । जसमध्ये नेपाल लाइफ इन्स्योरेन्सको छ करोड ३६ लाख ५२ हजार तिन सय ५२ रुपैंयाको कारोबार भइ शिर्ष सुचिको पहिलो स्थानमा पर्न सफल भएको छ । त्यस्तै राष्ट्रिय बीमा कम्पनीको प्रमोटर शेयर सहित एक करोड ५९ लाख ९४ हजार एक सय आठ रुपैंयाको कारोबार भइ शिर्ष सुचिको छैठौं स्थानमा रहेको छ ।
कारोबार संख्याको आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी मात्र रहेको छ । जसको एक सय ४१ पटक कारोबार भएको छ । मंगलबार कमाउनेमा कुनैपनि बीमा कम्पनी रहेका छैनन् । भने गुमाउने प्रिमियम इन्स्योरेन्स र एसियन लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन ।
नेप्से १२ दशमलव २७ अंकले वृद्धि हुँदा नेप्से परिसुचक १४ सय ५६ दशमलव सात अंकले बढेको छ । नेप्सेमा एक सय ५८ कम्पनीका नौ लाख १५ हजार चार सय २८ तित्ता शेयरहरु चार हजार पाँच सय ३२ वटा कारोबारबाट ५० करोड १७ लाख ७० हजार पाँच सय नौ रुपैंयामा किनबेच भएका छन ।