Nepal Life Insurance

एभरेष्ट इन्स्योरेन्सले पायो ३००% हकप्रद शेयरको अनुमति

प्रकाशित मिति: २८ चैत्र २०७५, बिहीबार १७:३९

Nabaraj Neupane

काठमाडौं ।
निर्जिवन बीमा कम्पनी एभरेष्ट इन्स्योरेन्स कम्पनीले हाल कायम रहेका शेयरमा ३००% हकप्रद शेयर निष्काशनको अनुमति प्राप्त गरेको छ ।

शेयर सम्बन्धी नियामक निकाय नेपाल धितोपत्र बोर्डले कम्पनीलाई चैत्र २७ गते हकप्रद शेयर निष्काशनको अनुमति दिएको जनाइएको छ । कम्पनीले १ः३ को अनुपातमा हकप्रद निष्काशनको अनुमति पाएको हो ।

बोर्डको अनुमतिसँगै कम्पनीले ८२ करोड १९ लाख ४७ हजार ५ सय रुपियाँ बराबरको ८२ लाख १९ हजार ४ सय ७५ कित्ता शेयार निष्काशन गर्नेछ । कम्पनीले यस अघि १ सय ५ प्रतिशत संस्थापक हकप्रद निष्काशन गरेको थियो । उक्त हकप्रदपछि कम्पनीमा संस्थापक तथा साधारण सेयरधनीको स्वामित्व ५१ः४९ प्रतिशत कायम भएको छ ।

नयाँ हकप्रद शेयरको प्रक्रिया पूरा भएपछि कम्पनीको चुक्ता पुंजी एक अर्ब ९ करोड ५९ लाख रुपैयाँ कायम पुग्नेछ ।

 

 

 

समाचार

सबै

कावासोतीमा आँधीहुरीको बितण्डा, बीमा दावी लगभग नपर्ने !

बीमा न्यूज/काठमाडौं । गएराति भिषणा आँधीबहेरीको चपेटामा परेको पूर्वी नवलपरासीबाट बीमा दावी पर्ने सम्भावना लगभग नरहेको स्थानीय जनप्रतिनिधिले बीमा न्यूजलाई जानकारी दिएका छन् । झण्डै दुई महिनाअघि बारा.....

सानिमा लाईफ इन्स्योरेन्सको नयाँ शाखा जुम्लामा

काठमाडौं । निजि क्षेत्रको बीमा कम्पनी सानिमा लाईफ इन्स्योरेन्स कम्पनीको ४४ औँ शाखा कर्णालीको जुम्लामा विस्तार.....

नीति तथा कार्यक्रममा समेटियो स्वास्थ्य बीमा

काठमाडौ । राष्ट्रपति विद्या भण्डारीमार्फत हिजो संसदमा पेश गरिएको सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्य बीमा.....

महालक्ष्मी लाइफ इन्स्योरेन्सको कारोबार अब सिटिजन्स बैंकबाटै

काठमाडौं । जीवन बीमा कम्पनी महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीको बीमा सम्बन्धी कारोबार अब सिटिजन्स.....

लुक्लाको हवाई दुर्घटना भिडियोमा यस्तो देखियो

काठमाडौं । एक अर्बभन्दा बढि क्षति हुने गरी आज भएको हवाई दुर्घटनाको भिडियो दि हिमालयन न्यूजले सार्वजनिक गरेको छ ।.....