Nepal Life Insurance

महालक्ष्मी लाइफ इन्स्योरेन्सको कारोबार अब सिटिजन्स बैंकबाटै

प्रकाशित मिति: २ बैशाख २०७६, सोमबार १०:४७

Nabaraj Neupane

काठमाडौं ।
जीवन बीमा कम्पनी महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीको बीमा सम्बन्धी कारोबार अब सिटिजन्स बैंकमार्फत पनि गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकबाट क बर्गको वित्तिय कारोबार गर्न अनुमति प्राप्त सिटिजन्स बैंकसँग महालक्ष्मी लाईफले बैंकान्स्योरेन्स सम्झौता गरेको हो ।

सिटिजन्स बैंक र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीबीच बीमा सेवा सम्बन्धी सम्झौता भएको सो कम्पनीले जनाएको छ । सम्झौतापत्रमा सिटिजन्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात् सिटिजन्स बैंकका ग्राहकहरुले बैंकको कुनैपनि शाखाबाट महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको जीवनबीमा गर्न, सोको प्रिमियम रकम बुझाउन, बीमा लेख लिन, दावीभुक्तानी लगायत सम्पूर्ण बीमा सम्बन्धी सेवाहरु लिन सक्ने जनाइएको छ ।

देशैभरी ८१ वटा शाखा रहेको बैंकसँगको सहकार्यले जीवन बीमा व्यवसाय अझै उत्कृष्ट हुने सो कम्पनीले जनाएको छ ।

 

 

 

समाचार

सबै

कावासोतीमा आँधीहुरीको बितण्डा, बीमा दावी लगभग नपर्ने !

बीमा न्यूज/काठमाडौं । गएराति भिषणा आँधीबहेरीको चपेटामा परेको पूर्वी नवलपरासीबाट बीमा दावी पर्ने सम्भावना लगभग नरहेको स्थानीय जनप्रतिनिधिले बीमा न्यूजलाई जानकारी दिएका छन् । झण्डै दुई महिनाअघि बारा.....

सानिमा लाईफ इन्स्योरेन्सको नयाँ शाखा जुम्लामा

काठमाडौं । निजि क्षेत्रको बीमा कम्पनी सानिमा लाईफ इन्स्योरेन्स कम्पनीको ४४ औँ शाखा कर्णालीको जुम्लामा विस्तार.....

नीति तथा कार्यक्रममा समेटियो स्वास्थ्य बीमा

काठमाडौ । राष्ट्रपति विद्या भण्डारीमार्फत हिजो संसदमा पेश गरिएको सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्य बीमा.....

महालक्ष्मी लाइफ इन्स्योरेन्सको कारोबार अब सिटिजन्स बैंकबाटै

काठमाडौं । जीवन बीमा कम्पनी महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीको बीमा सम्बन्धी कारोबार अब सिटिजन्स.....

लुक्लाको हवाई दुर्घटना भिडियोमा यस्तो देखियो

काठमाडौं । एक अर्बभन्दा बढि क्षति हुने गरी आज भएको हवाई दुर्घटनाको भिडियो दि हिमालयन न्यूजले सार्वजनिक गरेको छ ।.....