Nepal Life Insurance

६३ करोडको आईपिओ जारी गर्दै रिलायन्स

प्रकाशित मिति: १९ जेष्ठ २०७६, आईतवार १८:३८

Nabaraj Neupane

काठमाडौं ।

जीवन बीमा कम्पनी रिलायन्स लाइफ इन्स्योरेन्सले ६३ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने प्रक्रिया अघि बढाएको छ ।

रिलाइन्स इन्स्योरेन्स कम्पनीले आईपीओ निष्काशन तथा विक्री प्रबन्धकको रुपमा हालै सानिमा क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धमा नियुक्त गरेर प्रक्रिया अघि बढाएको हो ।

रिलायन्स इन्स्योरेन्सले कूल चुक्ता पुँजीको ३० प्रतिशत शेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । हाल इन्स्योरेन्सको अधिकृत पुँजी ३ अर्ब रुपैयाँ र जारी पुँजी २ अर्व १० करोड रुपैयाँ रहेको छ ।

आईपीओ जारी गर्नका लागि यी दुई कम्पनीबीच सम्झौता भएको छ । सम्झौतामा रिलायन्स लाइफको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीणण्रमण पराजुली र सानिमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिषनारायण जोशीले हस्ताक्षर गरे ।

 

 

 

समाचार

सबै

पुनर्बीमा कम्पनीको चौथो साधारण सभा सम्पन्न

काठमाडौ । वीमा कम्पनीहरुको जोखिम न्यूनिकरणको लागि स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीको चौथो बार्षिक सधारणसभा गत हालै सम्पन्न भएको छ । शुक्रबार ललितपुरको होटल हिमालयमा सम्पन्न भएको सधारणसभामा गत आर्थिक.....

नेपाल लाईफको नयाँ बीमा योजना, प्रत्येक वर्ष खर्च, अवधी पश्चात पुरै भुक्तानी

बीमा न्यूज/काठमाडौं । जीवन बीमा कम्पनीले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।.....

एशियन लाइफको दुई लाख २१ हजार कित्ता हकप्रद लिलाममा

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २ लाख २१ हजार कित्ता हकप्रद सेयर लिलाम बिक्रीका लागि.....

प्रभु इन्स्योरेन्समा बीमा गर्दा बि एण्ड सी अस्पतालमा नगदरहित उपचार पाइने

काठमाडौं । निर्जिवन बीमा कम्पनी प्रभु इन्स्योरेन्समा बीमा गरेका सेवाग्राहीहरुले अब पूर्वको चर्चित बी एण्ड सी.....

गण्डकी विकास बैंकबाट अजोड इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा.....