काठमाडौं ।
ख बर्गको वित्तिय संस्था गण्डकी बिकास बैंक र निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सबीच बीमा सेवा प्रदान गर्ने बैंकान्स्योरेन्स सम्झौतामा हस्ताक्षण भएको छ ।
आपसमा सेवा आदान प्रदान गरी सेवाग्राहीलाई सुविधा प्रदान गर्ने उद्देश्यले गरिएको बैंकान्स्योरेन्स सम्झौता पत्रमा गण्डकी बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर तथा अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् । हस्ताक्षर गरेसँगै सेवा प्रवाह गर्न सकिने भएको छ ।
सम्झौता अनुसार गण्डकी बिकास बैंकको दशैभरि रहेका सबै शाखा कार्यालयहरुबाट ग्राहकहरmले अजोड इन्स्योरेन्स लिमिटेडले प्रदान गर्ने निर्जीवन बीमा सम्बन्धी सेवा सुविधाहर प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।